एसडी मिराकल सातौं वर्ष प्रवेश

काठमाडौं । एसडी मिराकल एजुकेसन कन्सल्टेन्सी स्थापनाको सातौं वर्ष प्रवेश गरेको छ । कन्सल्टेन्सीले शुक्रबार छैटौं वार्षिकोत्सव मनाएको छ ।

काठमाडौंको बागबजारमा कार्यालय रहेको कन्सल्टेन्सीले युएसए, अष्ट्रेलिया, क्यानडा र कोरिया जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक गणेश शर्माले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, विदेशस्थित कलेज तथा युनिभर्सिटी लगायत सम्पूर्ण शुभेच्छुकहरुमा आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

सही परामर्शका लागि एसडी मिराकल विद्यार्थीको रोजाईमा परेको शर्माले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.