नेपाल शैक्षिक परामर्श संघ झापामा ओली

दमक । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखाको अध्यक्षमा मीलन ओली निर्वाचित भएका छन् । शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा मदन बुडाथोकी, सचिवमा राज कार्की, कोषाध्यक्षमा अशोक भन्डारी निर्वाचित भए ।

सदस्यमा रोशन सुवेदी, अग्नि प्रसाईं, दीपक बास्तोला र अनिल सापकोटा छन् ।

इक्यान झापाको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति अध्यक्ष ओेलीले आभार व्यक्त गरे ।

You might also like

Comments are closed.