ह्युस्टन एजुकेसन पोखरामा ‘इन्फरमेसन एण्ड एजुकेसन एसिसमेन्ट सेसन’ सम्पन्न

पोखरा । ह्युस्टन एजुकेसन (Houston Education) पोखराद्वारा आयोजित ‘इन्फरमेसन एण्ड एजुकेसन एसिसमेन्ट सेसन’ कार्यक्रम सम्पन्न भएको छ । ह्युस्टन एजुकेसनको कार्यालय बिपिचोकमा हालै सेसन सञ्चालन भएको हो । इन्फरमेसन सेसनमा विद्यार्थीहरुको आकर्षण देखिएको सञ्चालक पवित्रा थापा मगरले जानकारी दिइन् ।

सेसनमा विद्यार्थीलाई अन स्पट एडमिसन गाइडेन्स पनि गरिएको थियो । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी सेसन आयोजना भएको थियो । उक्त अवसरमा बोल्दै एडु ग्रुपका मार्केटिङ हेड तारा गुरुङले उच्च शिक्षा अध्ययनका लागि विदेश जान विद्यार्थीको आकर्षण देखिएको बताइन् । राम्रोसँग बुझेर मात्रै विदेश जाने प्रक्रिया सुरु गर्न उनले विद्यार्थीलाई आग्रह गरिन् ।

अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड लगायतका देशमा जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा ह्युस्टन एजुकेसनले प्रदान गर्दै आइरहेको छ ।

‘विद्यार्थीलाई उच्च शिक्षाका लागि कुनैपनि देश पठाउनुअघि हामीले विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई राम्रोसँग अन्तर्राष्ट्रिय शिक्षा, लाग्ने खर्च, जाने प्रक्रिया, अध्ययनपछि पाइने अवसर आवश्यक पर्ने लगायतबारे ह्युस्टन एजुकेसनमा विद्यार्थीलाई परामर्श दिन्छौं,’ थापाले भनिन् ।

आइइएलटिस/पीटिईको कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.