फेकन गण्डकीद्वारा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

पोखरा । शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संगठन, स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेशले स्थापना दिनको अवसरमा खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । श्री शिद्ध बराह आधारभुत विद्यालय, कास्कीकोटमा बिभिन्न शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेको बताइएको छ ।

संस्थाले विद्यालयमा अध्यनरत जेहेन्दार विद्यार्थिलाई कापी,कलम तथा विद्यालयको लागी मार्कर, डस्टर लगायत अन्य खेलकुद सामग्रीहरु हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष, जागृत प्रसाद भट्टराइले विद्यालयलाई आफुहरुले सहयोग गर्न पाउँदा खुसि तथा गौरबको महसुस भएको बताए । त् संस्थाका महासचिव संजय सुबेदीले आफ्नो संस्था व्यवसायबाट मात्र नभइ सामाजिक उत्तरदायित्वबाट समेत प्रेरित रहेको बताए ।
संस्थाका कार्यकारि सदस्यहरु सुर्य प्रसाद भण्डारी र सुरेश पौडेलले आगामि दिनमापनि संस्थामार्फत यस्था कार्यहरुले निरन्तरता पाउने बताए ।

उक्त कार्यक्रममा विद्यालयको तर्फबाट बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शालिकराम सुबेदी तथा प्रधानाध्यापक भोलानाथ अधिकारीले अभार ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षक जयलाल भट्टराइले गरेका थिए ।

 

You might also like

Comments are closed.