नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.४३ अङ्कले उकालो लागेर दुई हजार ७८४.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१६ ले बढेर ५२२.५३ मा पुगेको छ ।

कूल २ सय ३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५० हजार रुपैयाँ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १५.२८, होटल तथा पर्यटन ३७.७१ र उत्पादन ४७.७८ ले ओरालो लागेको छ । व्यापार ५७.११, विकास बैंक ३७.५८, जलविद्युत् ४०.७९, वित्त ७८.०९, निर्जीवन बीमा १९०.६५, अन्य ११३.४, लघुवित्त १२.२५, जीवन बीमा २१८.२, सामूहिक लगानी कोष ०.२२ र लगानी ०.९४ अङ्कले उकालो लागेको छ ।

jutta mela

नेप्सेका अनुसार कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ७७ लाख ४० हजार ९ सय १७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण २१ करोड ८२ लाख ८४ हजार रुपैयाँ, एचआइडिसिएल २१ करोड तीन लाख ७४ हजार ६ सय ६४ रुपैयाँ, अपि पावर कम्पनी १९ करोड २८ लाख १४ हजार ६ सय ९७ रुपैयाँ र नेशनल हाइड्रोपावर १८ करोड ९४ लाख ४६ हजार २ सय १८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनी र युनियन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक ९.९८, खानीखोला हाइड्रोपावर ८.२० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.०५ प्रतिशतले कमाए । प्रभु सेलेक्ट फण्ड ३.१७, चन्द्रागिरि हिल्स २.९९, कुमारी बैंक २.४२, नेपाल बङ्गलादेश बैंक २.३५ र सेञ्चुरी बैंकका लगानीकर्ताले २.२८ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.