भारतमा एकैदिनमा ३ लाख ३३ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५ सय ३३ जना संक्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल संक्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २ सय ६४ रहेको जनाइएको छ ।

भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएका छन् । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय संक्रमित अवस्था २१ लाख ८७ हजार २ सय ५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख ५९ हजार १ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ६५ लाख ६० हजार ६ सय ५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.१८ प्रतिशत रहेको जनाइएको छ । पछिल्लो एक दिनमा ५ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ४ सय ९ रहेको छ ।

कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख ८४ हजार भन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । (रासस/एएनआई)

You might also like

Comments are closed.