एआइटिएम कलेज र ग्लोबल इक्युटी फण्डबीच सहकार्य

काठमाडौं । एआइटिएम कलेज र ग्लोबल इक्युटी फण्डबीच सहकार्यको सम्झौता भएको छ । दुई संस्थाबीच एआइटिएमका इन्क्युवेसन सेन्टर स्थापना गर्ने सम्झौता भएको हो ।

सम्झौतामा कलेजका सिइओ डा. रोसन राठी र ग्लोबल इक्युटी फण्डका फाउण्डिङ म्यानेजिङ पार्टनर डा मनिष थापाले शुक्रबार हस्ताक्षर गरेका छन् । नेपाली विद्यार्थीमा उद्यमशीलता प्रवद्र्धन गर्न दुई संस्थाबीचको सहकार्यले योगदान पुग्ने विश्वास लिइएको छ ।

इन्क्युवेसन सेन्टरले कलेजमा एमबिएका विद्यार्थी तथा स्नातक तहका विद्यार्थीलाई विकासका प्रारम्भिक चरणमा सहयोग गर्ने र व्यवसायको प्रवद्र्धनमा सहयोग पुर्याउने बताइएको छ । सेन्टरले विद्यार्थीहरुलाई सम्भावित कोषको अवसर पनि एक्पोज गर्नेछ ।

एआइटिएम कलेजले एमबिए, विएससी कम्प्युटिङ एण्ड आइटी, बिएचएम र प्लस टुमा विज्ञान र व्यवस्थापन संकाय संचालन गरिरहेको छ ।

एमबिए र विएस्सी कम्प्युटिङ एण्ड आइटी बर्मिङघम सिटी युनिभर्सिटी यु केबाट सम्वन्धन प्राप्त छन् भने बिएचएम इन्टरनेशनल म्यानेजमेन्ट इन्स्टिच्युट स्विजरल्याण्डबाट सम्वन्धन प्राप्त छ ।

You might also like

Comments are closed.