काठमाडौं । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंकले वुधवार तनहूँको व्यास नगरपालिका २ सफासडक दमौलीमा शाखा कार्यालय विस्तार गरि सञ्चालनमा ल्याएको छ ।
शाखा कार्यालयको शुभारम्भ वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए । शाखा शुभारम्भ कार्यक्रममा वोल्दै वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानीयस्तरवाट स्थापित यस वैंक गण्डकी प्रदेशको एक मात्र स्थानीय वैंक भएको बताए ।
सोही कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको, नेपाल सरकारवाट व्याज अनुदान प्राप्त हुने सहुलियतपुर्ण कर्जा प्रवाह गरेको, हालको तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलव्धी हासिल गरेको बताए ।
वैंकले हाल कास्की, वागलुङ, म्याग्दी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ सुविधाहरु, मोवाईल वैंकिङ, निःशुल्क एटिएम सेवा, आईपिएस, सि–आस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्धती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ ।
Comments are closed.