नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार दोहोरो अंकले घटेको बजारमा सोमबार नेप्से परिसूचक १५.७१ अंकले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अंकले बढेर ५३५.३२ मा पुगेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २ सय २४ कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर पाँच अर्ब दुई करोड २० लाख १७ हजार १ सय ८१ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार रुपैयाँ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूिहक लगानी कोष ०.०५ र लगानी २.९२ अंकले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८ सय ३९ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर २७ करोड ६६ लाख २५ हजार २ सय ९५ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर २५ करोड १६ लाख ६४ हजार ७ सय ३२, नेपाल दूरसञ्चार कम्पनी २४ करोड ४८ लाख ५० हजार ८ सय ३१ र नेपाल लाइफ इन्स्योरेन्स २३ करोड ३० लाख १२ हजार ४ सय ३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेपाल पूर्वाधार बैंक ८.४२, छ्याङदी हाइड्रोपावर ६.८३, सानिमा लाइफ इन्स्योरेन्स ५.०४, नेशनल हाइड्रोपावर ४.६६, र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ४.६१ प्रतिशतले कमाएका छन् । उता, बुद्ध भूमि नेपाल हाइड्रोपावर ४.५७, सपोर्ट माइक्रोफाइनान्स ३.७१, साहस ऊर्जा २.६४, विन नेपाल लघुवित्त २.४६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाएका छन् । रासस

lcci
You might also like

Comments are closed.