दरखोला दोस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

ध्रुवसागर शर्मा, गलेश्वर । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा गत भदौ २० गतेदेखि अवरुद्ध भएको जलविद्युत् आयोजना ६ महिनापछि सञ्चालनमा आएपछि स्थानीयवासी खुसीले दङ्ग परेका छन् ।

दरखोलामा गत भदौमा आएको बाढीले बगाएको दरखोला दोस्रो जलविद्युत् आयोजना ६ महिनापछि पुनः सुचारु भएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको लघुजलविद्युत् परियोजना ६ महिनापछि सुचारु भएको हो । ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र कुलो पहिराले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको थियो । लघुजलविद्युत् परियोजनाको संरचना मर्मतपछि सुचारु भएको होे । जलविद्युत् आयोजना पहिरोले बगाएपछि गाउँ अन्धकार बनेको थियो ।

परियोजना पुनःनिर्मााण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपैयाँ प्राप्त भएको परियोजना पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले बताए । गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो । मर्मतपछि परीक्षण गरिएकोमा सफल भएको उनले बताए ।

बत्ती बलेपछि टुकीकोभरमा विद्यार्थीले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिञ्किजा पुनमगरले बताए । विद्युत् सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योगका साथै विद्यार्थीको पठनपाठनमासमेत सहज भएको छ ।

अन्धकारमय बनेपछि सोलार र टुकीका भरमा बसेका स्थानीयवासी उत्साहित भएका छन् । २०७६ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ८५ लाख ९७ हजार रुपैयाँ, जनश्रमदान ३३ लाख रुपैयाँ गाउँपालिकाको ५० लाख रुपैयाँ र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख रुपैयाँ तीन हजार गरी एक करोड ७४ लाख रुपैयाँको लागतमा परियोजना निर्माण गरिएको थियो ।

लमसुङस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङलगायतका ३ सय ५४ परिवार प्रभावित भएका छन् ।

विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो । गाउँपालिकाको ५० लाख रुपैयाँ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८६ लाख रुपैयाँ तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो ।

बाढीले एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । परियोजना पुनःनिर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले १० लाख रुपैयाँ विनियोजन गरेको थियो । मर्मतपछिको अवस्थाको गाउँपालिका अध्यक्ष थमसरा पुन सहितको टोलीले निरीक्षण समेत गरेका छन् ।

lcci
You might also like

Comments are closed.