महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत वृद्धी खाता सार्वजनिक

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत बृद्घी खाता सार्वजनिक गरेको छ ।

मात्र रु. ५१ मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्घी खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तगर्त खाता खोलेका ग्राहकको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस आकर्षक बचत योजना अन्तर्गत खाता खोल्नु भएका आदरणीय ग्राहक महानुभावहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्नेछन् ।

विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत वृद्धी खाता संचालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card , Dollar card  जारी गरीसकेको छ ।

 

 

lcci
You might also like

Comments are closed.