प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ९ घरपरिवारलाई रोजगारी

उदयपुर । त्रियुगा नगरपालिका वडा नंं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ९ घरका परिवारलाई रोजगारको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को बजेटमा आधारित वडा नं १६ का चार सडक योजनामार्फत सो क्षेत्रका १ सय ९ घरपरिवारलाई रोजगार व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

मङ्गलबार चार सडक निर्माण योजनाको नगर प्रमुख देवीकुमारी चौधरीले शिलान्यास गरेपछि उक्त सडक योजनामा यस क्षेत्रका १ सय ९ घरपरिवारलाई रोजगारसहित परिचालन गरिएको त्रिनपा–१६ का वडाध्यक्ष मानबहादुर राईले बताए ।

अध्यक्ष राईका अनुसार सिम्ले रातापानी सडक, गोरेपा रातमाटे तथा सिम्ले, सिमलपानी खरीटार, तीनधारे आँपडाँडा सडक र सिमले रातापानी सडक निर्माण कार्य सुरु गरिएको हो । गोरेपा रातमाटे सडक दुई किमी ५ सय मिटरको लम्बाइ रहेको र सो सडक निर्माणका लागि यस क्षेत्रका २० स्थानीयवासीलाई रोजगारसहित काममा खटाइएको अध्यक्ष राईले बताए ।

यस्तै सिमले रातापानी सडकअन्तर्गत दुई किमी लम्बाइ सडक निर्माण गर्न २० जना स्थानीयवासी मजदूरलाई प्रयोग गरिन लागेको पनि नगरपालिकाले जनाएको छ । खरिटार तीनधारे सडकखण्ड एक हजार ७ सय ५० मिटरको लम्बाइको रहेको यो सडकमा २५ मजदूरलाई रोजगारमा लगाइएका छन् भने रातापानी आँपडाँडा सडकअन्तर्गत दुई हजार ५ सय मिटर लम्बाइको सडक निर्माणका लागि २७ मजदुर प्रयोग गरिएका छ्न् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस क्षेत्रका महिला, दलित र जनजाति तथा पिछडा र विपन्न वर्गका युवा तथा महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो पटक रोजगारी प्रदान गरिएको नगरपालिकाकी अधिकृत निशा घलेले बताइन् ।

सो सडक निर्माणका इञ्जिनीयर चन्द्र ढुङ्गानाका अनुसार पहिला स्थानीयवासी मजदुरलाई एकदिने आधारभूत तालिम प्रदान गरिने र त्यसपछि काममा सहभागी गराउने तयारीमा रहेको छ ।

lcci
You might also like

Comments are closed.