काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ९१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सपीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७५ हजार १३२ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४१२ रहेको छ । पछिल्लो समय थप दुई हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै भाइरस संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४८ हजार ७८४ पुगेको छ । यो दर ९६ दशमलव ३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
दुईको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दूई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २४ हजार ८६७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ । अहिले होम आइसोलेशनमा १३ हजार ८२८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६०७ आइसीयुमा १४४ र भेन्टिलेटरमा २३ जनाले उपचार गराइरहेका छन् ।
Comments are closed.