नयाँ वर्षमा मन्त्र ब्यान्डले दमौली तताउने

पुस ४,तनहुँ ।
‘गोर्खालीको छोरो, हिमाली नेपाली’ लगायतका नेपाली देशभक्तिका गीतहरु गाउने र नेपाललाई माया गर्ने दार्जिलिङको चर्चित सांगीतिक ‘मन्त्र’ ब्याण्डको दमौलीमा लाइभ कार्यक्रम हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१९ को उपलक्ष्यमा लायन्स क्लब अफ तनहुँ दमौलीले आयोजना गरेको सांगीतिक महाउत्सव कार्यक्रममा मन्त्र ब्यान्डको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

बुधबार दमौलीमा पत्रकार भेटघाट कार्यक्रम गरी महाउत्सवको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ । दार्जिलिङ भए पनि नेपाली भाषी र नेपाली गित संगितलाई माया गर्ने भएकाले यस पटक मन्त्रलाई स्जेटजमा उतार्न लागिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बताए । व्यवसाय, पर्यटन र संस्कृतिको प्रवद्र्धन समेतको उद्देश्य राखेर कार्यक्रम गर्न लागेको श्रेष्ठको भनाइ छ ।

त्यस्तै कार्यक्रममा गायक रामजी खाँण, घनश्याम रिजाल, माण्डवी त्रिपाठी लागयत स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरुको समेते प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुती तथा स्थानीय ब्यान्डहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
नयाँ वर्ष मनाउने सन्दर्भमा ठुलो संख्यामा युवाहरु अन्यत्र जानबाट रोक्न र दमौलीमा देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटन भित्राइ यहाँको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउन कार्यक्रम सफल हुने आयोजकले विश्वास लिएको छ ।

कार्यक्रममा सुरक्षाको पुर्ण प्रत्याभूति दिलाउन जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतहरु निरन्तर छलफल भइरहेको सचिव विपिन श्रेष्ठले जानकारी दिए । साथै कार्यक्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्ये नजर गर्दै कार्यक्रम स्थल सिसिटिभीको निगरानीमा रहने उनले बताए । त्यस्तै कार्यक्रममा आएका पर्यटकहरुको व्यवस्थापन सम्बन्धमा होटल व्यवसायीहरुसँग सहकार्य भइसकेको श्रेष्ठले बताए ।

उक्त उत्सवमा खानाका १० वटा स्टल राखिनेछ । कार्यक्रम डिम्सेवर ३१ तारिख दिउसो १२ बजेदेखी मध्यरात १२ः३० बजेसम्म चल्ने आयोजकले जनाएको छ । कार्यक्रमको लागी १० लाख २५ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।

नयाँ वर्षको उत्सवलाई पूर्णतया संगीतमय वातावरणमा सम्पन्न गर्न र महाउत्सवबाट भएको आम्दानी अपाङ्गता भएका व्यक्तिहरुका लागी सहयोग गरिने लायन्स क्लब अफ तनहुँ दमौलीका  प्रथम उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिए ।  सोही दिन कार्यक्रमको उद्घाटनमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर र श्रवण यन्त्र, सेतो छडी वितरण गरिने बताइएको छ ।

lcci
You might also like

Comments are closed.