निःशुल्क आँखा शिविर संचालन

सप्तरी । सप्तरीमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ५ सय १८ मोतीबिन्दुका बिरामीको आँखाको शल्यक्रिया भएको छ ।

कञ्चनरुप १२ रुपनगरस्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा हालै सञ्चालित शिविरमा एक हजार ८ सय ५० जना आँखाका बिरामीले जाँच गराएकोमा सो सङ्ख्यामा बिरामीको शल्यक्रिया गरिएको उपचार केन्द्रका संरक्षक प्रा. डा. रोहित कुमार पोखरेलले जानकारी दिए ।

तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौंका चिकित्सकले शल्यक्रियासहितको उपचार गरेका हुन् । शिविरमा डा. सागर रुइत, डा. सृजना अधिकारी, डा. कृपा लोप्चन, डा. प्रविन यादव लगायतका चिकित्सक उपचारमा सहभागी थिए ।

शिविरमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्ला र भारतबाट समेत बिरामी आएका थिए । यसअघि सो केन्द्रमा तीन पटक निःशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ ।

You might also like

Comments are closed.