भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ४ सय ७६ संक्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ ।भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ४ सय ७६ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५९ हजार ४ सय ४२ पुगेको अधिकारीले जनाएका छन् । भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ९ हजार ७ सय ५४ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ८८ हजार ४ सय ७५ पुगेको छ ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३६ को मृत्यु भएको छ । तीमध्ये १ सय ५८ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत शनिबार एक दिनमा भारतमा नौ लाख ९ हजार ९ सय ८५ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड २८ लाख भन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ ।

यहाँ गत २४ घण्टामा २६ लाख १९ हजार ७ सय ७८ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म एक अर्व ७८ करोड ८३ लाख ७९ हजार २ सय ४९ डोज खोप लगाइएको छ । (रासस/एएनआई)

You might also like

Comments are closed.