सुनको मूल्यमा नयाँ रेकर्ड 

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ५ सय रूपैयाँले बढेर एक लाख पाँच हजार ५ सय रूपैयाँ पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रूपैयाँमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार रूपैयाँ तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला एक लाख दुई हजार ५ सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रूपैयाँले बढेर एक हजार ४ सय ५०रूपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.