काठमाडौं । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५ सय रूपैयाँले घटेर एक लाख दुई हजार रूपैयाँमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५ सय रूपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रूपैयाँ तोकिएको छ ।
यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार रूपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रूपैयाँले घटेर एक हजार ४ सय ५ रूपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.