पाल्पालीको परिवारलाई सहयोग

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले हालै निधन भएका पत्रकार बिके पाल्पालीको परिवारलाई आज रु १० हजार आर्थिक सहयोग गरेको छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा पाल्पालीको निवासमा गएको प्रतिनिधिमण्डलले उनको परिवारलाई सो सहयोग उपलब्ध गराएको हो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले पाल्पाली जुझारु पत्रकार भएको बताउँदै उनको निधनबाट सञ्चार क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।

सङ्गठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले निष्ठावान पत्रकारका रूपमा परिचित पाल्पालीको आदर्श अनुकरणीय रहेको बताउँदै बिरामी भएपछि उनलाई विगतमा आफूले सहयोग उपलब्ध गराएको स्मरण गरे ।

सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले पाल्पाली पारिवारलाई यसअघि रु ३० हजार सहयोग गरेको जानकारी दिए । पाल्पालीका श्रीमती रेणुका भट्टराइले सङ्गठनले पटक–पटक उपलब्ध गराएको सहयोगको सराहना गरिन् । गत शिवरात्रिका दिन ४५ वर्षको उमेरमा निधन भएका पत्रकार पाल्पाली समाजवादी प्रेस सङ्गठनको साधारण सदस्यसमेत थिए ।

You might also like

Comments are closed.