काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेर एक लाख दुई हजार ६ सय रूपैयाँ पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला एक लाख दुई हजार रूपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार १ सय रूपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला एक लाख एक हजार ५ सय रूपैयाँ थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर एक हजार ४ सय १५ पुगेको महासङ्घले जनाएको छ ।
बजारमा पहिलो कारोबार दिन आइतबार प्रतितोला एक लाख एक हजार ९ सय रूपैयाँमा किनबेच भएको सुन बुधबार भने हालसम्मकै महँगो हुँदै एक लाख पाँच हजार ५ सय रूपैयाँ पुगेको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ८८ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.