पशु सुत्केरी भत्ता वितरण

राँझा । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

उनले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताए ।

सुत्केरी भत्ता तेस्रो चरणको र बीमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको नगर पशु सेवा शाखाका प्रमुख गोेविन्द रोकायले बताए । उनका अनुसार, बीमा पशु बीमा कार्यक्रममा १ सय ३६ कृषक लाभान्वित भएका छन् जसमा ३ सय ५५ पशु सङ्ख्यामध्ये गाई ८४, भैँसी १ सय ७२, बाख्रा ७९ रहेका छन् । किसानलाई रु दुई लाख ३४ हजार २ सय ७१ वितरण गरिएको छ ।

पशु सुत्केरी भत्ता १ सय १७ कृषकलाई वितरण गरिएको छ । जम्मा १ सय ८३ मध्ये गाई ८५ र भैँसी ९८ रहेका छन् । किसानलाई पशु सुत्केरी भत्ताको तीन लाख ६६ हजार रूपैयाँ वितरण गरेको पशु सेवा शाखा प्रमुख रोकायले बताए ।

You might also like

Comments are closed.