सुनको मूल्य घट्याे

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला  ९९ हजार ३ सय रूपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा एक हजार २ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रूपैयाँ तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला एक लाख रूपैयाँ थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले घटेर एक हजार ३ सय ७० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१६ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.