ह्युस्टन एजुकेसन पोखरामा ‘स्टडी इन युएसए इन्फरमेसन सेसन’ हुँदै

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ह्युस्टन एजुकेसन पोखराको आयोजनामा ‘स्टडी इन युएसए इन्फरमेसन सेसन’ हुने भएको छ । ह्युस्टनको कार्यालय बिपीचोकमा मार्च २५ (चैत ११) शुक्रबार इन्फरमेसन सेसन हुने प्रवन्ध निर्देशक पवित्रा थापाले जानकारी दिइन् ।

इन्फरमेसन सेसनमा ब्रिजपोर्ट युनिभर्सिटीका इन्टरनेशनल रिक्रयुटर ज्याक्सन सुवेदी – एसियाको प्रत्यक्ष उपस्थिति रहनेछ ।

उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीका लागि इन्फरमेसन सेसन प्रभावकारी हुने थापाले बताइन् । ‘अमेरिकाको परिवर्तित शिक्षा नीति लगायतका विषयमा इन्फरमेसन सेसनमा विद्यार्थीलाई जानकारी गराइनेछ,’ उनले भनिन्, ‘विद्यार्थीलाई उच्च शिक्षाका लागि कुनैपनि देश पठाउनुअघि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई राम्रोसँग अन्तर्राष्ट्रिय शिक्षा, लाग्ने खर्च, जाने प्रक्रिया, अध्ययनपछि पाइने अवसर लगायतबारे ह्युस्टन एजुकेसनमा विद्यार्थीलाई परामर्श दिन्छौं ।’

ह्युस्टन एजुकेसनमा आइइएलटिस÷पीटिईको कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.