पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराद्वारा आयोजित ‘एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर’ मा विद्यार्थीको आकर्षण देखिएको छ । न्युरोडस्थित सिटी स्क्वायरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म चलेको फेयरमा करिब ५ सय जना विद्यार्थी सहभागी भएको प्रवन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि फेयर निकै उपलब्धिपूर्ण रहेको थापाले बताए ।
अष्ट्रेलिया, युके, क्यानडा र युएस जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी फेयर आयोजना गरिएको थियो ।
विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेट्ने र जिज्ञासा राख्ने अवसर पाएका थिए ।
Comments are closed.