काठमाडौं । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको आयोजनामा ‘एक्स्पर्ट ग्राण्ड एजुकेसन फेयर–२०२२’ हुने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा अप्रिल २ (चैत १९ गते) शनिबार फेयर हुने प्रवन्ध निर्देशक खेमराज सँग्रौलाले जानकारी दिए ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेयर हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा र युएसए जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट्ने अवसर विद्यार्थीले फेयरमा पाउने सँग्रौलाले जानकारी दिए ।
‘विद्यार्थीका लागि फेयर निकै उपलब्धिपूर्ण रहनेछ,’ उनले भने, ‘विदेशमा उच्च शिक्षा अध्ययनसँग सम्बन्धित सम्पूर्ण जिज्ञासाको समाधान हामीले फेयरमा खोज्न सक्नेछौं ।’ प्रि भिजा प्रोसेसिङ र मोक एक्जाम समेत निःशुल्क हुनेछ । फेयरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्बेष्डर पारस खड्काको उपस्थिति रहनेछ ।
फेयरमा सहभागी विद्यार्थीलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ । एक जना लक्की बिजेता विद्यार्थीले स्मार्ट फोन उपहार प्राप्त गर्नेछन् । फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
पछिल्लो समय कोभिड लगायतका कारणले विदेशको शिक्षा नीतिमा परिवर्तनसमेत आएको अवस्था छ । पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले परिवर्तित नीति नियमहरुका बारेमा पूर्ण जानकारी प्राप्त गर्न पनि फेयर उपयुक्त स्थल हुने विश्वास गरिएको छ । प्लस टु तथा ब्याचलर उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो ।
शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरु मध्येमा एक्स्पर्ट अग्रणी पहिचान बनाउन सफल संस्था हो । यसको प्रधान कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ भने अष्ट्रेलियामा अन्य १४ वटा शाखा छन् । १३ वटा देशमा ४७ वटा शाखा सञ्जाल छ । ‘हामीले विद्यार्थीलाई विदेश पठाउने काम मात्रै गर्दैनौं । विदेश गइसकेपछि पनि विद्यार्थीलाई त्यहाँको वातावरणमा स्थापित गराउन तथा आवश्यकता अनुसार सहयोग गर्ने गरेका छौं,’ सँग्रौलाले भने, ‘एक्स्पर्ट मार्फत विद्यार्थी निर्धक्कसँग विदेशमा अध्ययनका लागि जान सक्छन् ।’
Comments are closed.