पाँचाै बिम्स्टेक सम्मेलन : संगठनको बडापत्र अनुमोदन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचाै शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ ।

श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गरेको हुन् । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

jutta mela

सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ । कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’मा हस्ताक्षर गरेकाे कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरे ।

तीन वर्षअघि काठमाडाैंमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्स्टेक निर्माण गर्न बडापत्रको आवश्यकता, सङ्गठनको पुनःसंरचना, सङ्गठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो ।

You might also like

Comments are closed.