महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ

लोकबहादुर गुरुङ
कोषाध्यक्ष, रेवान पोखरा

महोत्सव अर्थ व्यवस्था चलायमान बनाउनका लागि आयोजना गरेका हौं । यसका कारण पर्यटक आगमनमा बृद्धि ल्याउनु मुख्य उद्देश्य रहेको छ । साना साना रेष्टुरेण्टदेखी ठूलठूला तारे होटलमा पनि यसकै कारण पर्यटक आगमनमा बृद्धि ल्याउँछ । खास गरी लेकसाइडसहित पोखराका प्रायः सबै होटलहरुमा अकुपेन्सी शत प्रतिशत हुन्छ यो महोत्सवको बेला । यसले किसानदेखी सामान्य तरकारी पसलसम्मलाई फाइदा पुग्छ ।

हामीले यस महोत्सवबाट बचत भएको रकम सामाजिक काममा लगाउने गरेका छौं । यहि बचत भएको रकमबाटै हामीले व्यवसायी, सेफ, कुक, वेटरलगायतका लागि तालिम पनि आयोजना गर्दै आएका छौं । तालिम गर्नुको मुख्य उद्देश्य व्यवसायीलाई पनि ब्यबसायीक बन्न सघाओस् र अन्य कर्मचारीलाई पनि आफ्नो काममा दक्ष बन्न सघाओस् भन्ने हो । त्यसका साथै हामी लेकसाइड क्षेत्रमा हुने गरेका विकृति विसंगतिको अन्त्य गर्न, सरसफाई गर्न, सुरक्षाका लागि सामुदायिक प्रहरीसँग हातेमालो गर्न, सोलार लाइटलगायतका विभिन्न सामाजिक कार्यमा खर्च गर्ने गर्दछौं । यस वर्ष महोत्सव आयोजनामा कुल खर्च ८० लाख लाग्ने अनुमान गरेका छौं । त्यसभन्दा बढी संकलन भएमा त्यो बचतमा जान्छ र सामाजिक कार्यमा खर्च गर्छौं । त्यसैले तपाईंले गरेको खर्च सामाजिक कार्यमा खर्च हुने भएकाले महोत्सवमा आएर रमाइलो गर्दै सामाजिक काममा सघाउन हार्दिक अनुरोध गर्दछु ।

lcci
You might also like

Comments are closed.