सुरुची खड्का घरदैलो अभियानमा

ललितपुर । महिला उद्यमी एवं सामाजिक अभियान्ता सुरुची खड्का यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । ललितपुर महानगरपालिकाको वडा १३ को महिला सदस्यमा उम्मेदवारी दिएकी उनी पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको साथमा घरघरमा पुग्दै भोट मागिरहेकी छन् ।

भोट माग्ने क्रममा स्थानीयबासीबाट उत्साहजनक रुपमा माया र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको खड्काले बताइन् । अन्य पार्टीलाई धेरै पटक मौका दिएको र यसपटक राप्रपालाई मतदान गर्ने स्थानीयबाट प्रतिबद्धता आफूले पाएको उनको भनाइ छ ।

jutta mela

ललितपुरको कुसुन्ती निवासी खड्का युवा तथा स्थानीयहरुमाझ लोकप्रिय छन् ।

You might also like

Comments are closed.