नेशनल प्याब्सन काठमाडौंको आयोजनामा लिडरसिप ट्रेनिङ हुँदै

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं शाखाको आयोजनामा लिडरसिप ट्रेनिङ हुने भएको छ । स्कुलका सञ्चालक लगायत अन्य व्यक्तिहरुका लागि लक्षित गरी वैशाख १८ गते आइतबार एल्लो प्यागोडा होटल जमलमा कार्यक्रम आयोजना गरिएको सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

पर्सनालिटी डेभलपमेन्ट, प्यारेन्ट्स सर्भिस, भ्यालु क्रियसन, कम्युनिकेसन, २१औं शताब्दीको स्किल, इमर्जिङ लिडरसिप एण्ड एजुकेसन, कोडिङ एजुकेसन इन स्कुल लगायतका विषयमा केन्द्रित रहेर ट्रेनिङ सञ्चालन हुने जनााइएको छ ।

ट्रेनिङको कि-नोट स्पिकरमा अनिल चित्रकार रहनेछन् भने लिड ट्रेनरमा सुशील बुढाथोकी रहनेछन् ।

कार्यक्रम निकै प्रभावकारी हुने आयोजकको विश्वास छ । ‘कार्यक्रममा सहभागी हुन चाहनेहरुले रजिष्ट्रेसन गर्न सक्नुहुन्छ,’ उनले भने ।

You might also like

Comments are closed.