पाम तेलमा इन्डोनेसियाले लगाएको प्रतिबन्ध सोमबारदेखि हट्दै

 

काठमाडौं । इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि खुल्ने भएको छ । रुस-युक्रेन युद्ध सुरु भएको मंगलबार ठिक तीन महिना पूरा हुँदैछ । रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि युद्ध सुरु गरेको थियो ।

रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर खाद्य तेलको अभाव बढेको छ, जसले गर्दा खाने तेलको मूल्य पनि विश्वभर अचाक्ली बढेको छ। इन्डोनेसियाले देशको आन्तरिक माग धान्न तथा घरेलु बजारमा बढिरहेको खाने तेलको मूल्य घटाउन पाम तेलको निर्यातमा रोक लगाएको थियो ।

इन्डोनेसियाले पाम खेती र यसको उद्योगमा लागेका १ करोड ७० लाख मानिसलाई राहत दिलाउन प्रतिबन्ध हटाउने निर्णय गरेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध हटाउने घोषणा गरेसँगै सोमबारदेखि पाम तेल निर्यातमा लगाइएको प्रतिबन्ध हट्ने भएको हो । इन्डोनेसिया विश्वकै ठूलो पाम तेल निर्यात गर्ने मुलुक हो ।

You might also like

Comments are closed.

Secret Link