नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

 

काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् ।

उक्तसम्झौता पत्रमा बैंकका प्रमुख बजँर अधिकृत कबिन्द«प्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरे ।

jutta mela

नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरि चिकित्सकहरुको पेशागत अधिकार सुनिस्चित गर्न निरन्तर अग्रसर रहेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका १५० शाखा, १८७ एटिएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवं आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

You might also like

Comments are closed.