परनिर्भर नेपाल : नुनदेखि सुनसम्मका लागि अर्काको भर !

 

काठमाडौं । नेपाललाई कृषि प्रधान मुलुक । यहाँका धेरै नागरिक कृषिमा निर्भर छन् । यसका बाबजुत नेपाल हरेक कुराको लागि परनिर्भर छ । नुनदेखि सुनसम्म बाहिरी मुलुकबाट आयात हुन्छ । हरेक राजनीतिक दल सत्तामा आउँदा कृषिमा आत्मनिर्भर हुने दाबी गरेका हुन्छन् तर परनिर्भर हुने अवस्था जेनकोतेन छ ।

चालु आर्थिक वर्षको ९ महिनामा करिब ५२ करोड ६४ लाख बराबरको गोलभेँडा मात्रै नेपालमा आयात भएको छ। साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ३९ करोड ५२ लाख किलोग्राम गोलभेँडा आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालमा भारत र इण्डोनेसियाबाट गोलभेँडा आयात हुने गरेको छ। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा भित्रिएको छ भने इण्डोनेसियाबाट ११ हजार रुपैयाँको ६२५ किलोग्राम गोलभेँडा आयात भएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको सुन आयात भएको छ । चालु आवको १० महिनाको तथ्यांकअनुसार ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत आवको वैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो । गत आवको तुलनामा सुन आयातमा भएको वृद्धि ५२ दशमलव ५१ प्रतिशत हो ।

You might also like

Comments are closed.