प्रा. डा. वाग्लेद्वारा अक्षय छात्रवृत्ति कोष स्थापना

तनहुँ । व्यास नगरपालिका–२ निवासी प्रा डा ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा रु एक लाख ५१ हजार १११ को अक्षय छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा डा वाग्लेले मातापिता केशव–पार्वतीका नाउँमा उक्त कोष स्थापना गरेका हुन् । उनले यसअघि छात्रवृत्ति कोषमा रु १ लाख ११ हजार १११ को छात्रवृत्ति कोष स्थापना गरेकामा मंगलबार पुनः रु ४० हजार थप गरी उक्त रकम बराबरको कोष पु¥याएका हुन् ।

विगतमा २७ वर्ष सोही क्याम्पसमा नेपाली विषयको अध्यापन गरी अवकाश लिएका प्रा डा वाग्लेले क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठमार्फत क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई रकम हस्तान्तरण गरे ।

 

You might also like

Comments are closed.