काठमाडौं । हवाई उडानका क्रममा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्न सम्पूर्ण वायुसेवा कम्पनीहरुलाई अनुरोध गरेको छ ।
संघको बुधबार बसेको कार्यसमिति बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण परिपालना गर्न सूचित गरेको हो ।
संघले सबै यात्रुलाई माक्स तथा फेस–सिल्ड अनिवार्य गर्ने, हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडान पछि हवाईजहाज र र ब्यागेज निसंक्रमित गर्नुपर्ने संघले जनाएको छ ।
त्यस्तै, चेक–इन, बोडिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, हवाई यात्रुहरुहरुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने (मोबाइलमा फोटो भएपनि) लगायतका निर्णय गरेको छ ।
Comments are closed.