अल्ब्राइट इन्स्टिच्युट अफ बिजनेस एण्ड ल्याङवेज अष्ट्रेलियाको आयोजनामा ‘एजेन्ट मिट’

काठमाडौं । अल्ब्राइट इन्स्टिच्युट अफ बिजनेस एण्ड ल्याङवेज अष्ट्रेलियाको आयोजनामा ‘एजेन्ट मिट’ सम्पन्न भएको छ । नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित कार्यक्रममा देशभर रहेका एजेन्टहरुको सहभागिता थियो ।

अल्ब्राइटले  अष्ट्रेलियाको मेलवर्न, एडेलेड, ब्रिसबेन र सिड्नीमा कलेजहरु सञ्चालन गरिरहेको बिजनेस डेभलपमेन्ट म्यानेजर सुष्मिता सुब्बाले जानकारी दिइन् ।

इन्स्टिच्युट अन्तर्गतका कलेजमा पढाई हुने कोर्ष, संस्थाको नयाँ नीति, नियमका बारेमा सहभागीलाई जानकारी गराइएको थियो ।

उक्त अवसरमा इन्स्टिच्युटका इन्टरनेशनल बिजनेस डेभलपमेन्ट म्यानेजर गुलरेज हाजीले अष्ट्रेलियामा नेपाली विद्यार्थीको आकर्षण राम्रो रहेको बताउँदै आफूहरु सहकार्यका लागि सधैं तयार रहेको बताए ।

You might also like

Comments are closed.