वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौँडा उपमहानरपालिकाभित्र अटोरिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिने भएको छ । मकवानपुर कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार हेटौँडा उपमहानरपालिकाका १९ वटै वडामा अटो एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई÷दुई अटो एम्बुलेन्स सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । समयमै एम्बुलेन्स पाउने अवस्था नहुने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको हो । यसअघि थाहा नगरपालिकाले पनि नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।
नेपाल अटो तथा विद्युत् यातायात प्रालि हेटौँडाले उपमहानगरपालिकाअन्तर्गतका वडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई÷दुईवटा अटो एम्बुलेन्स सञ्चालन गर्नेछन् ।
वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७र७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो ।
यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि रु पाँच करोड ६० लाखको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ । बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ ।
आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए ।




Comments are closed.