प्रधान सेनापति र अमेरिकाका उप–सहायक विदेशमन्त्रीबीच भेटघाट

काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेकी अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तरबीच भेटघाट भएको छ ।
प्रधान सेनापति कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रधान सेनापति शर्माले यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास रहेको बताए ।

You might also like

Comments are closed.