बाबा फाउन्डेसनमार्फत ७० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

लमजुङ । बाबा फाउन्डेसनले लमजुङको राइनास नगरपालिकाका तीनवटा विद्यालयमा अध्ययतरत ७० जना बालबालिकालाइ शैक्षिक सामग्री सहयोग गरेको छ । पोखरास्थित बालगृह चाइल्ड वेलफेयर एण्ड एजुकेसन तथा कास्की जिल्लामा सञ्चालित बालगृहहरुको छाता संगठन बालगृह संजाल कास्की, रोट्रयाक्ट क्लब अफ लम्जुङको सहकार्यमा सामग्री सहयोग गरिएको फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिए ।

राइनास नगरपालिका वडा नं. ८ मा पर्ने तार्कुघाट, अमलाडाडा र माझी गाउँमा रहेका शुभोदय आधारभूत विद्याथलय, सूर्योदय आधारभूत विद्यालय र कृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाइ ट्रयाकसुट, टि–शर्ट, झोला, कपि, पेन्सिल, कलम, इरेजर, कटर लगायतका शैक्षित सामग्री सहयोग प्रदान गरिएको हो ।

विद्यार्थीलाई राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले शुक्रबार एक समारोहबीच शैक्षिक सामग्री वितरण गरे ।

jutta mela

सो अवसरमा शुभोदय प्राथमिक विद्यालयलाई १ थान वाटर फिल्टर र भित्ते घडी पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा फरक–फरक विद्यालयका विद्यार्थीलाई २ लाख ५० हजार रूपैयाँ बराबरको सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.