बंगलादेशमा महामारीका कारण बन्द पर्यटकीय गन्तव्य खोलिने

ढाका । बंगलादेश सरकारले अगष्ट १९ देखि पर्यटकीय गन्तव्य पुनः खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पर्यटकीय स्थल, रिसोर्टका साथै मनोरञ्जन केन्द्रलाई आधा क्षमतामा सञ्चालन गर्न दिने निर्णय लिएको हो ।

पुनः सञ्चालनमा आउने सबै संस्था तथा स्थलहरूमा स्वास्थ्य निर्देशिकाको कडाइसँग पालना गर्नुपर्ने बताइएको छ ।

MANASLU

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले मास्क लगाउने, स्वास्थ्य सतर्कता अपनाउने र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई कडाइका साथ पालना भए नभएको अनुगमन गर्नेछ ।

परिपत्र अनुसार, कोभिड–१९सुरक्षा नियमको उल्लङ्घन गरेमा सरूवा तथा सङ्क्रामक रोग नियन्त्रण कानून अनुसार जरिवानादेखि जेल सजायसम्म हुने बताइएको छ ।

बंगलादेशले लकडाउनसम्बन्धी धेरै जसो प्रतिबन्ध हटाएको एक दिनपछि यो घोषणा भएकमो हो । बंगलादेशमा सार्वजनिक यातायात, कार्यालय र व्यापारिक बजार पुनः खोल्न अनुमति दिइएको छ ।

जूनदेखि कोभिड–१९ सङ्क्रमणका घटनामा भएको वृद्धिका कारण सरकारले जुलाई १ देखि जुलाई १४ सम्म कडा लकडाउनको घोषणा गरेको थियो । तर सङ्क्रमण दरमा कमी नदेखिएपछि यसलाई विभिन्न चरणमा गरेर अगष्ट १० सम्मका लागि लागु गरिएको थियो ।

बंगलादेश सरकारले बुधबार चीनबाट सिनोफर्म कोभिड–१९ विरूद्धको खोपको ताजा परिणाम समूह खरीद गर्न अनुमति दिएको छ भने देशव्यापी बृहत् खोप अभियान सुरु गरिएको छ । रासस/सिन्ह्वा

You might also like

Comments are closed.