बर पीपल रिसोर्ट सातौं वर्षमाः सामाजिक क्षेत्रमा सहयोग, १५ प्रतिशतसम्म छुट

पोखरा । पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा छोटो समयमै अब्बल बनेको बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गरेको छ । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नं. २८, मनिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको बर पीपल रिसोर्ट पाँचतारे स्तरको रिसोर्ट हो ।

सञ्चालनमा आउनेबित्तिकै सुरु भएको कोरोना कहरलाईसमेत जितेर पाहुनालाई आकर्षित गरेको बर पीपल छैठौं वर्ष पूरा गर्दै सातौं वर्ष प्रवेश गरेको हो । रिसोर्ट सञ्चालनमा आएको केही समयमै भौतिक संरचनाको शैली र आथित्यताले निकै लोकप्रिय बन्न सफल भएको थियो ।

परम्परागत नेपाली वास्तुकला र स्थानीय सामग्रीको प्रयोग गरी कलात्मक शैलीमा निर्माण गरिएको रिसोर्टले नेपाली मौलिकतालाई आधुनिक सुविधासँग जोडेको छ । सातौं वर्ष प्रवेशको अवसरमा बिहीबार रिसोर्टले हेमजामा रहेको मानव सेवा आश्रममा खाद्यन्न सामाग्री सहयोग गरेको छ ।

रिसोर्टले लमजुङकै दोर्दी–३ को श्रीकृष्णप्रमोद प्राविलाई पोशाक विवरण गरेको छ । सोही विद्यालयमा २ वटा कम्युटर प्रदान गरिएको रिसोर्टले जनाएको छ । रिसोर्टले उत्कृष्ट कर्मचारीका रुपमा सम्मान पनि गर्ने सञ्चालक अमरजंग गुरुङ (जितु)ले जानकारी दिए ।

वार्षिकोत्सवकै अवसरमा रिसोर्टले अगस्ट महिनाभरि खान र बस्नका लागि १५ प्रतिशतसम्म छुट दिइने सञ्चालक गुरुङले बताए । ‘बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गरेको छ । यसको मतलब पोखरा आउने पर्यटकलाई मौलिक स्वाद र उत्कृष्ट आथित्यता दिने सपनाले पनि सातौं वर्ष टेकेको हो,’ सञ्चालक गुरुङले भने, ‘रिसोर्ट सञ्चालनमा आउनेबित्तिकै कोरोना माहामारीले ढाड सेक्यो । तर, हामी विचलित भएनौं र निरन्तर पाहुनालाई स्वागत गरिरह्यौं ।’

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गरेका थिए । लामो समय संघर्ष र बैंकबाट ऋण लिएर रिसोर्ट चलाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगानी रहेको भन्दै आगोजनी र तोडफोड गरेको जितुको भनाइ छ । तर, रिसोर्टमा आगजनी गरे पनि आथित्यतामा कुनै कसर नराखेकाले पाहुनाहरुको रोजाइमा परेको गुरुङको भनाइ छ ।


पोखराकै पर्यटन क्षेत्रमा ३ दशकदेखि सक्रिय लमजुङ दोर्दीका गुरुङले आफैं कामदार हुँदै एउटा होटल चलाएर रिसोर्टमा फड्को मारेका थिए । उनले पोखरामै सिल्भर वक्स इन नामक होटल चलाउँदा चलाउँदै स्ट्रिट नम्बर २८ मनिमार्गमा करिब ११ रोपनी भिरालो जग्गालाई कलात्मक शैलीमा रिसोर्टका संरचना बनाएका हुन् ।

रिसोर्टमा अहिले एक सय जनाले रोजगारी पाएका छन् । रिसोर्टबाट फेवा ताल र वरपरका हरिया पहाडको मनोरम दृश्य देखिने डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइटसहित ५० भन्दा बढी कोठा छन् । आकर्षक आउटडोर स्वीमिङ पुलबाट पोखराको प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिने व्यवस्था गरिएको छ ।

अत्याधुनिक स्पा, साउना, फिटनेस जिम, रैथाने नेपाली स्वाददेखि अन्तर्राष्ट्रिय परिकार उपलब्ध गराउने फाइन–डाइन रेस्टुरेन्ट तथा कफी सप रिसोर्टका प्रमुख आकर्षण हुन् । त्यस्तै, व्यावसायिक सभा–सम्मेलनका लागि सुविधासम्पन्न मिटिङ हल, सुन्दर बगैँचा र पर्याप्त पार्किङ क्षेत्रका कारण पनि रिसोर्ट स्वदेशी तथा विदेशी पाहुनाको रोजाइमा पर्दै आएको छ ।
छोटो समयमै पोखराको हस्पिटालिटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बर पीपल रिसोर्ट नेपालीपन झल्कने इँटा र काठको बुट्टा कुँदिएको मौलिक डिजाइनका कारण पर्यटकमाझ लोकप्रिय बनेको छ ।

रिसोर्टले छोटो अवधिमै स्वदेशी तथा विदेशी पर्यटकबीच छुट्टै पहिचान बनाउन सफल भएको छ भने देशमा सेलिब्रेटीहरुको पनि रोजाइमा पर्दै आएको छ ।
’बर पीपल’ नाम नै नेपाली समाजमा चौतारी, विश्राम, सहअस्तित्व र सामाजिक मेलमिलापको प्रतीकका रूपमा चिनिने बर र पीपलको रूखबाट प्रेरित छ । यही अवधारणालाई केन्द्रमा राखेर रिसोर्टको डिजाइन गरिएको छ, जहाँ नेपाली संस्कृतिको झल्को दिने इँटा, काठका बुट्टा र परम्परागत शैलीलाई आधुनिक सुविधासँग मिसाइएको छ ।

You might also like

Comments are closed.