मनास्लु वर्ल्ड कलेजले एसइइ बास्केटवल आयोजना गर्दै

 

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले एसइइ बास्केटवलको आयोजना गर्ने भएको छ । कलेजले प्रगियोगितामा भाग लिन जेठ १६ गतेदेखि १९ गतेसम्मको समय तोकेको छ । उक्त समयभित्र आफूसँग भएका टोली दर्ता गरिसक्न कलेजले आग्रह गरेको छ ।

दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई कलेजले १० हजार र दोस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गर्नेछ । साथै प्रथम र दोस्रो भएकालाई कलेजले छात्रवृति प्रदान गर्नेछ ।

You might also like

Comments are closed.