काठमाडौं । तपाईं कुनै कार्यालयमा काम गर्नुहुन्छ ? यदि काम गर्नुहुन्छ भने समयमै कार्यालय पुगेर हाजिरी गर्ने र कामको सुरुवात गर्ने तपाईंको दैनिकी नै होला । कार्यालय पुग्नासाथ आफ्नो कुर्चीमा बसेर टेवलको फाइल हेर्न तपाईंलाई हतारो नै हुन्छ ।
तर, नेपालको प्रतिष्ठिन व्यावसायिक घराना बतास अर्गनाइजेसनका कर्मचारीहरु भने कार्यालय पुगेपछि हाजिरी त गर्छन्, तर हाजिरी गर्ने वित्तीकै काम भने गर्दैनन् । कामको सुरुवात गर्नुभन्दा अगाडि उनीहरुले १५ मिनेट ध्यान गर्छन् ।
१५ मिनेट ध्यान गरेपछि कामको सुरुवात गर्ने व्यवस्था अर्गनाइजेसनले आजबाट गरेको हो ।
तस्बिरमा हेर्नुहोस् बतास अर्गनाइजेसनका कर्मचारीहरुको ध्यानः
Comments are closed.