घरजग्गाको कारोबार ‘स्टक मार्केट’को अवधारणाबाट हुनुपर्छ

नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो वार्षिक महासंघ पर्यटकीय नगरी पोखरामा माघ २७ गते शनिबार सम्पन्न भएको छ । महासभामा देशभरबाट रियलस्टेट व्यवसायीहरु सहभागी भएका थिए । महासंघले बिगतमा गरेका कामहरुको समीक्षासहित आगामी रणनीति तय गर्न महासभाका विशेष छलफल भयो । यसैक्रममा महासंघका अध्यक्ष भेषराज लोहनीसँग आर्थिक आवाजले गरेको कुराकानीः

महासंघका मुख्य एजेण्डाहरु केके छन् ?

हाम्रा एजेन्डाहरु धेरै छैनन् । घरजग्गालाई आधुनिक तथा व्यावसायिक बनाउँदै व्यवस्थित गर्ने अभियानमा हामी छौं । यसका लागि हाम्रो पहिलो माग तथा एजेन्डा भनेको स्टक मार्केटको जस्तो अवधारणामा घरजग्गाको कारोबार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । स्टक मार्केटको जस्तै गरी कारोबार गर्दा व्यवसाय व्यवस्थित र पारदर्शी पनि हुन्छ । हाम्रो दोस्रो एजेन्डा भनेको ल्याण्ड पोलिङ गरेर ठूला ठूला टाउन सिटहरु बनाउनुपर्छ भन्ने हो । फुटकर तथा खण्डीकरण गरेर साना साना आयोजना होइन ठूला आयोजनाहरु ल्याण्ड पोलिङमार्फत गर्नुपर्छ र व्यवस्थित शहर बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसका लागि निजी क्षेत्रलाई बाटो खुल्ला गर्नुपर्छ । त्यसैगरी तेस्रो कुरा अब हदबन्दी छुट हुन जरुरी छ । हाम्रो चौथो माग भनेको विदेशीहरुले अपार्टमेन्ट खरिद गर्न पाउनुपर्छ । विदेशीले अपार्टमेन्ट किन्न पाउने नीति तथा कार्यक्रम पास भइसकेको छ । यसका लागि ऐन आउनुपर्छ । यीनै एजेन्डालाई प्राथमिकतामा राखेर महासंघ अगाडि बढेको छ ।

jutta mela

राज्यको नीतिहरुका कारणले यो व्यवसायमा कस्तो असर गरेको छ ?

हाम्रो नीति अरु कसैलाई पनि दोष नदिने, हाम्रो मात्रै कुरा गर्ने हो । यद्यपि राज्यको नीतिको प्रभाव सबै क्षेत्रमा पर्छ । घरजग्गामा पनि अवश्य पर्छ । अहिले समग्र अर्थतन्त्रलाई नै सिटामोलले काम नगरेर एन्टीबाइटिक चलाउनुपर्ने जस्तो अवस्था छ । यो विषम परिस्थितिमा राज्यको हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा घर जग्गा व्यवसायमा पनि असर पर्नु स्वभाविकै हो । हाम्रो माग लोन टु भ्यालु रेसियो राष्ट्रबैंकले ७० प्रतिशत पु¥याउनुपर्छ । होम लोनका लागि इएमआई सरल बनाउनुपर्छ ।

ठूला आयोजना भन्दा फुटकर आयोजनामा व्यवसायीहरु बढी अल्झिएको देखिन्छ । के भन्नुहुन्छ ?

सानादेखि ठूला सबै प्रकारका आयोजनामा व्यवसायीहरुको आबद्धता छ । अब व्यवसायीहरुले फुटकर रुपमा आयोजना सञ्चालन गर्नुभन्दा पनि साना साना कम्पनीहरु मर्ज भएर मझौला बन्नुपर्छ र मझौला कम्पनीहरु मर्ज भएर ठूला कम्पनी बन्नुपर्छ । व्यवस्थित शहरीकरणमा रियलस्टेट इन्डष्ट्रिजको ठोष योगदान हुने गरी हामी अगाडि बढ्नका लागि म आह्वान गर्दछु । ठूला ठूला आयोजनामा काम गर्नुपर्छ । अनुमति प्राप्त कम्पनीहरुबाट मात्रै घरजग्गा कारोबार हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं । सम्पत्ती सुद्धीकरण ऐन पनि पास भइसकेको छ । त्यसमा पनि यो विषय समावेश भएको छ ।

महासंघमा कति जना व्यवसायीहरु आबद्ध हुनुहुन्छ ?

सबै व्यवसायीलाई गोलबन्द गर्ने अभियानमा महासंघ अगाडि बढेको छ । देशभर हजारौं व्यवसायी हुनुहुन्छ । महासंघमा अहिले ३३ वटा जिल्ला आबद्ध भइसकेको अवस्था छ । महासंघलाई विस्तार गर्ने अभियान जारी छ । समग्रमा हाम्रो लक्ष्य र उद्देश्य भनेको व्यवसायलाई व्यवस्थित गर्ने र आधुनिकीरकण गर्ने नै हो । यो अभियानमा देशभरका व्यवसायीहरुको साथ रहनेछ ।

अन्त्यमा के  भन्नुहुन्छ ?

हामी सबै को  अथक प्रयासबाट २०७९ साल वै शाख ९ गते  स्थापना भएको  हो । महासंघको  दो श्रो  महासभा सुन्दर  नगरी पो खरामा सम्पन्न पनि भइसकेको छ । काठमाडौं उपत्यका बाहिर  महासंघको  महासभा आयो जना गर्दा  त्यस क्षे त्रका रि यल इस्टेट व्यवसायीहरुलाई  आफ्नो  व्यवसाय प्रवर्द्धन गर्न मा थप ऊर्जा  मिलेको हामीले विश्वास लिएका छौं । गत वर्ष को  चै त १८ गते दे खि कार्य  प्रार म्भ गरेको  वर्त मान कार्य  समितिबाट आफ्नो  करिब १० महिनाको  छो टो  अवधिमा रि यल इस्टेट व्यवसायीहरुको  हक,  हित प्रवर्द्धनका लागि महत्वपूर्ण  कार्यहरु भएका छन् । हामी आगामी दिनमा पनि हाम्रो  गतिविधिलाई  थप प्रभावकारी बनाउँदै  अगाडि बढ्ने छौँ ।

You might also like

Comments are closed.