समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा भारी छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आइतवार आर्सिया डेन्टल, पुतलीसडक काठमाडौसंग समझदारी गरेको छ ।

समझदारी अन्तर्गत फाइनान्सका ग्राहकले भोलीदेखि (२०८१ वैशाख १७) समृद्धि मोबाइल बैकिङ, डेविड कार्ड तथा सिआइपिएस प्रयोग गरी उक्त डेन्टलमा उपचार गरेको भुत्तानी गर्दा २०% छुट पाउनेछन् । सो सुविधाबाट फाइनान्सका ग्राहकहरु लाभान्वित हुने विश्वास लिइएको छ ।

jutta mela

सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरुमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.