अग्नी पिडितलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगलागी पिडितलाई राहत सामग्री सहयोग गरेको छ ।

गत वैशाख १२ गते बुधवार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबारविहीन भएका पिडित परिवारलाई राहत सामग्री सहयोग गरेको बैंकले जनाएको छ ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल र बैंकका मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिपचन्द« पोखरेलले जनकपुर शाखाका कर्मचारीको सहभागितामा पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा पिडित परिवारको आधारभूत आवश्यकता पूरा गर्न थोरै भएपनि मद्धत पुग्ने विश्वास लिइएको छ ।

jutta mela

यहाँका १५० घरपरिवारका करिव ५४५ जना सदस्यलाई राहत सामग्री वितरण गरिएको हो । बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रुपैँया बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन, १५० कार्टुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको छ ।

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको आगोले १०० भन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् भने करिव ५० घरमा क्षति पुगेको छ । आगलागीबाट १५ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने जनाएको छ ।

You might also like

Comments are closed.