काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा(१)बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा बिहीबार ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए ।
Comments are closed.