पोखरा । पोखराको पुरानो सपिङ कम्प्लेक्स बुद्ध विशालबजारले चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना ल्याएको छ । सपिङ गर्ने क्रममा ग्राहकलाई नगद छुट दिने योजना विशाल बजारले ल्याएको हो ।
गत वर्षको चाडपर्वमा यो योजना प्रभावकारी बनेपछि यस वर्ष पनि दसैं, तिहार र छठलाई लक्षित गरी नगद छुटको योजनालाई निरन्तरता दिइएको बुद्ध विशालबजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशव खत्रीले जानकारी दिए ।
विशाल बजार भित्र सपिङ गर्ने ग्राहकले १० देखि २५ प्रतिशतसम्म नगद छुट पाउनेछन् । ‘चाडपर्वको अवसर, नगद छुटको बहार’ नाराका साथ छुट अफर ल्याइएको खत्रीले बताए । ‘यो चाडपर्वमा बुद्ध विशालबजार पोखरा भित्र सपिङ गर्नुहोस् र नगद छुट पाउनुहोस भनेर ग्राहकलाई भनिरहेका छौं,’ खत्रीले भने, ‘यो योजनाबाट धेरै ग्राहक लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।’
यो योजना छठसम्म जारी रहने एसोसिएसनले जनाएको छ ।
Comments are closed.