काठमाडौं ।
काठमाडौंको तिनकुनेस्थित कान्तिपुर हस्पिटलमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं मातृभूमिको आयोजना तथा ब्ल्ड फर नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कान्तिपुर हस्पिटल र ब्लड बैंकको प्राविधिक सहयोग रक्तदान कार्यक्रम भएको क्लबका सचिव उस्मिता थापाले जानकारी दिइन् । उक्त अवसरमा १३ प्रिन्ट रगत संकलन भएको छ ।
क्लबले समय समयमा सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको उनले बताइन् ।
Comments are closed.