हामी नेपालको आयोजनामा रक्तदान कार्यक्रम, ५० युनिट रगत संकलन

पोखरा । नेपालमा कोभिड १९ का कारण देखा परेको रगतको अभावलाई ध्यानमा राख्दै हामी नेपाल, गण्डकी प्रदेशको पोखरा शाखाको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधु कुमारी अधिकारी गुरुङले ब्लड व्याग हस्तान्तरणगरि कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा अध्यक्ष प्रतीक तिमिल्सिनाले नेपालमा कोभिड १९ का कारणले देखिएको रगतको अभावलाई कम गर्न मानिसहरूलाई रक्तदानको महत्त्व बुझाउन र दान गर्नुपर्छ भन्ने भावना जगाउने हेतुले उक्त रक्तदान कार्यक्रम गरिएको बताए। कोरोना महामारीको समयमा यस्तो रक्तदान कार्यक्रमहरुले बिरामीलाई सहयोग पुग्ने र रगत अभाव कम हुने बताए।

रक्तदान कार्यक्रममा ५० युिनट रगत संकलन भएको छ । संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ ।

हामी नेपाल २०७२ सालको महाभुकम्पदेखि सामाजिक र मानवीय समवेदना भएका कर्मनिष्ठ निस्वार्थ युवाहरु एकत्रित भएर काम गरि रहेको समूह हो। हामी नेपाल संस्थाले मनाङको दुर्गम क्षेत्रहरूमा एन्टि कोभिड खोप पुर्याउनका गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालसंग सहकार्य गर्दै आइ रहेको छ। हामी नेपालले ‘मानिसद्वारा मानिसको लागी ‘ भन्ने विचार सहितको गैर मुनाफा मुलक संगठनको अवधारणा अवलम्बन गर्दै आएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.