बैंक अफ काठमाण्डूले ल्यायो २५ प्रतिशतसम्मको नगद फिर्ता योजना

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

यस नगदफिर्ता योजना यही कार्तिक १ गते मंगलबारबाट कार्तिक ६ गते आइतबारसम्म मात्र रहनेछ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगदफिर्ता पाउनेछन् ।

उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ताले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु. १५० सम्मको नगदफिर्ता पाउनेछन् । बैंकले यस योजनाबाट समग्र विद्युतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

यस बैंकले ग्राहकहरु तथा सेयरधनीहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहक मैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनी गाहकलाई २०.९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको विदितै छ । बैंकले प्रास्तव गरेको उच्चतम् लाभाशंले ग्राहकहरु तथा सेयरधनीहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरीरहेको अझै पुष्टि भएको छ ।

विद्युतिय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।

बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.